स्वप्निल गिरी कक्षा–३, नवोदय शिशु सदन मावि, हेटौँडा–४

बैशाख ६ गते आमा, ड्याडी र भाइसँग त्रिवेणीधाम घुम्न गएका थियौं । त्यहाँ १०८ धाराको अवलोकन ग¥यौँ । त्यहाँ धेरै व्रतबन्ध पनि थियो । हामीहरू बोटिङ गरेपछि वरपर सबै घुम्यौं । अग्लो टावरमा चढेर फोटो खिच्यौं र तल झ¥यौं । त्यहाँ हिडम्बा नगरी पनि हे¥यौं । त्यसपछि टिकट काटेर सिसमहल हेर्न भित्र गयौँ । त्यहाँभित्र विभिन्न सुन्दर देवी र देवताको तस्बिर रहेछ । सिस महलभित्र निकै सुन्दर थियो । चारैतिरबाट आफ्नो तस्बिर देखिन्थ्यो । अनि हामी सबैजनाले फोटो खिच्यौं । त्यहाँ बाहिर रेलको लिग तयार पार्दै रहेछन् । अब केही समयमा तयार हुन्छ रे । त्यहाँका फुल, धुपी र आँपका रुख, बिरुवा निकै सुन्दर छन् । त्यसपछि हामी घर आयौं ।

बैशाख ५ गते ड्याडी, भाइ र म हेटौँडा–४ स्थित चिल्ड्रेनपार्क गयौँ । त्यहाँ धेरै मान्छे थिएनन् । हामीले पहिला चिप्लेटी खेल्यौं र पिङ खेल्दा खेल्दै ड्याडीले हामीलाई अब पुष्पलाल पार्क जाने भनेर सोध्नुभयो । मैले हुन्छ भनेँ । हामी गयौँ । त्यहाँ गएपछि हामीले माछालाई भुजा र मस्यौरा हाल्यौं । पुष्पलाल पार्कमा चौर पनि थियो । त्यहाँ बस्यौँ म चौरमा लडीबुडी गरेर मलाई पानी तिर्खा लाग्यो । त्यहाँ छेउमै पसल थियो । त्यहाँ किनेर पानी र चिया खायौं । त्यहाँ छेउमै दिदीहरू थिए । भाइले म गोली हान्छु भन्यो । घर जाने बेला फेरि भुजा हाल्ने भन्यो र रोयो । भुजा र मस्यौरा भाइले माछालाई हाल्यो । हामी पसल गएर मलाई ज्याकेट किन्यौ र घर गयौँ ।

वैशाख १ गते नयाँ वर्षको दिन चितवनबाट मेरो सुजन अङ्कल र शोभा आन्टी आउनुभएको थियो । म ड्याडी ममी भाइ र अङ्कल अन्टी सबैजना भएर गुम्बाडाँडा, पुष्पलाल पार्क, मकवानपुरगढी र पाथिभारा दर्शन पनि ग¥यौं । त्यसपछि सहीद स्मारक घुम्न गयौं । ठिकै रमाइलो भयो पिङ पनि खेल्यौ । चिडियाघरमा केही जनावरहरू पनि थिए । एउटा गोही पनि देख्यौँ र हामी खाजा खाएर घर फर्कियौं । निकै रमाइलो भयो भन्नुभयो अङ्कल आन्टीले पनि र दुई दिन बसेर घर जानुभयो ।