हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले बाँदर प्रभावित क्षेत्रमा कागतीको बिरुवा वितरण गर्ने भएको छ । शुक्रबार पालिकाले एक सूचना जारी गर्दै पालिकाको वडा नम्बर १, २ र ४ का स्थानीलाई कागतीको बिरुवा वितरण गर्ने भएको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लागि स्वीकृत कृषि विकास कार्यक्रमको आन्तरिक स्रोततर्फ बाँदर प्रभावित क्षेत्रमा क्षति नगर्ने बालीमा प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत् कागतीको बिरुवा वितरण गर्ने भएको हो । उक्त कार्यक्रममा इच्छुक कृषक, कृषि फर्म, कृषि सहकारी तथा कृषक समूहहरूले सूचना प्रकाशन भएको मितिले १५ दिन अर्थात् वैशाख २१ गतेभित्र निवेदन दिनुपर्ने छ ।
पालिकाको वडा नम्बर १, २ र ४ बढी बाँदरले बालीमा क्षति पु¥याउने भएकाले कागतीको बिरुवा वितरण गर्न लागेको हो । रीत नपुगेको, म्याद नाघी प्राप्त हुन आएका आवेदनहरू छनौटको लागि समावेश नहुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।