रक्तदान गर्दै रक्तदाता

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१०, बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । बुधबार बिहान राउण्ड टेबलको आयोजनामा भएको कार्यक्रममा १ जना महिला र १८ जना पुरुषले रक्तदान गरेको रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दहालले जानकारी दिनुभयो ।

राउण्ड टेबलले प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको हो ।
आज बिहीबार पनि बुद्धचोकमा रक्तदान कार्यक्रम हुँदैछ । यस्तै, चैत १६ गते पूर्वीनगर इसाई समन्वय समिति हेटौंडा–१८, रामधुनीचोक र चैत २२ गते जनचेतना बचत तथा ऋण सहकारी संस्था रातोमाटेमा रक्तदान कार्यक्रम हुँदैछ ।