हेटौंडाः राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ मेची–महाकाली दौड अभियानअन्तर्गत् हेटौंडा आइपुगेका झापा बुद्धशान्ति गाउँपालिकाका जीवननाथ अधिकारीलाई स्वागत गरिएको छ । मेचीबाट यात्रा सुरु गरेर बुधबार हेटौंडा आइपुगेका अधिकारीसहित विकास भट्टराई, अुनुप पौड्याल र रमेश अधिकारीलाई नगर खेलकुद विकास समिति र हेटौंडा जेसीजले स्वागत गरेको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेको सभाध्यक्ष तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कर्यालय प्रमुख माधव कोइरालाको प्रमुख आतिथ्यमा स्वागत कार्यक्रम भएको हो । कार्यक्रलाई सम्बोधन गर्नुहुँदै दौड अभियानका विकल भट्टराइले ९ दिन अगाडि मेचीबाट यात्रा सुरु गरेर २२ दिनभित्र दौड अभियानलाई पूरा गरेर महाकाली पुग्ने लक्ष्य लिएको उहाँले बताउनभयो ।
विद्यालयस्तरबाट दौड सुुरु गरेका अधिकारीले बाल्यकालमा धेरै पदकहरु प्राप्त गर्न सफल भएको बताउनुुभयो । ५२ वर्षको उमेरकम मेची–महाकाली दौड अभियान सुरु गरेका अधिकारीलाई ९ दिनको अन्तरालमा पनि कुुनै प्रकारको समस्या नभएको उहाँको भनाइ छ । बहिरी जिल्लाको विभिन्न पालिकाहरुसँगको समन्वयमा ७ गतेदेखि दौड अभियान सुरु गरेर प्रत्येक दिन ५० किलमिटरको यात्रा पु्रा गर्ने गरेको बताउनहुँदै ९ औँ दिनमा हेटौंडा आइपुुगेको उहाँको भनाइ छ ।
बिहीबार विहान ४ बजेबाट अभियानलाई निरन्तरता दिएर रत्ननगर नगरपालिकासम्म पुग्ने उहाँले अपेक्षा गर्नुभएको छ । यात्राको क्रममा प्रत्येक दिन २ घण्टा विश्राम गरेर आफूलाई चाहिने डाइट खाने गरेको बताउनुुभयो । स्वागत कार्यक्रमा मकवानपुर जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डेको पनि उपस्थिति रहेको थियो ।