सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का ५४ वर्षीय तेज बहादुर थिङ र वडा नम्बर ११ का ४३ वर्षीय शरण लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेको समयमा हेटौंडा–१० स्थित एक खाजाघरमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र लागुऔषध ब्युरो शाखा पर्साबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट २ केजी अफिम फेला पारी बरामद गरेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको जनाएको छ ।