गुगल तस्विर ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाको ७ नम्बर वडा सदस्य रामकुमार तितुङको मृत्यु भएको छ ।

मंगलबार दिउँसो बकैया–७, मामदमारस्थित आफ्नै घर अगाडि बिजुलीको काठको पोल ढलेर लग्दा गम्भीर घाइते भएका तितुङको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको स्थानीय नारायण तिमल्सिनाले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो २ बजेको समयमा काठको पोल ढलेर लग्दा गम्भीर घाइते भएका तितुङलाई उपचारका लागि हेटौँडा–११ स्थित चुरेहिल हस्पिटल लगिएको थियो । मंगलबार साँझै थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएका तितुङको उपचारको क्रममा बुधबार बिहान ३ बजेको समयमा मृत्यु भएको हो ।