हेटौँडाः हेटौँडामा पर्खालले च्यापिएर प्लम्बरको मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा हेटौँडा–५, सिचाईटोलमा रामचन्द्र शर्मा देवकोटाको घरमा बस्ने ४० वर्षीय प्लम्बर बसन्त महर्जनको खानेपानीको काम गर्ने क्रममा पर्खाल ढलेर थिचिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते महर्जनलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । हेटौँडा अस्पतालमा उपचारको क्रममा दिउँसो ४ बजेर ३९ मिनेटको समयमा महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।