सामुदायिक आँखा अस्पताल परिसरमा मोतिविन्दुको शल्यक्रिया गरेकाहरु ।

हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालले बुधबार मोतिविन्दु भएका एक सय २२ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले तीन दिने शिविरबाट पहिचान भएका मोतिविन्दु बिरामीको निःशुल्क शल्यक्रिया गरेको हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ काठमाडौं मिड टाउनको आयोजनामा भएको शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविर मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको पदमपोखरीमा भएको थियो भने बारा जिल्लाको मधुवन, वृन्दावन र महागढिमाईमा आयोजना गरिएको थियो । बिहिबार पनि सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया हुनेछ ।