हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । बिहिबार एक सुचना जारी गर्नहुँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले पालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिएको जानकारी गराउनुभएको छ ।
पालिकाको गत माघ १४ गते बसेको कार्यपालिका बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । “फागुन १ गतेलाई बागमती गाउँपालिकाले जनयुद्ध दिवसको रुपमा मनाउने र उक्त दिन जनयुद्ध दिवसको अवसरमा यस गाउँपालिका भित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था एवम् बैंक तथा वित्तिय संस्थाहरुमा विदा दिने सम्बन्धमा यस गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८०/१०/१४ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ” सूचनामा उल्लेख छ । गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको यो पहिलो पटक हो ।










