हेटौँडाः मकवानपुरको थाहा नगरपालिकामा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । शुक्रबार राती ८ बजेको समयमा थाहा नगरपालिका–६, स्थित ओखरगाउँका ६४ वर्षीय केदार सिन्तानको कच्ची घरमा आगोलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आगलागीबाट सिन्तानको कच्ची घर पूर्ण रुपमा जली नष्ट भएको थियो । आगलागीबाट घर भित्र रहेको अन्नपात गरगहना र नगद ६० हजार गरी सात लाख बराबरको धनमाल जली नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मानवीय र चौपाया क्षती नभएको र स्थानीयको सहयोगमा राती ९ बजेर ५० मिनेटको समयमा आगो नियन्त्रणमा लिएका थियो ।