सिमसार दिवसको सरसफाई कार्यक्रमको तस्वीर

हेटौंडाः हेटौंडा–९ स्थित त्रिवेणी धाम कुष्माण्ड सरोवर परिसरमा सरसफाई गरिएको छ । शुक्रबार चितवनस्थित राप्ती तटीय क्षेत्र सरसफाइ अभियानको आयोजना तथा हिमालयन राइडर सोसाइटी मकवानपुरको सहकार्यमा त्रिवेणी धामको सरसफाइ गरिएको हो ।

विश्व सिमरास दिवसको अवसरमा सिमसारा क्षेत्रलाई जोगाउने उद्देश्यले सरसफाइ गरिएको हो । खोलालाई जगाऊ, खोला नाला फोहोर नगरौं, खोलाको मुहान नष्ट नगरौं, खोलाको संरचनालाई नाश नगरौंजस्ता नाराका साथ त्रिवेणी धाम हुँदै समसान घाटसम्म सरसफाइ गरेको हिमालयन राइडर्सका उपाध्यक्ष राजु थापा मगरले जानकारी दिनुभएको छ ।

त्रिवेणी धाममा मानिसहरु घुम्न तथा पूजा गर्न आउने भएकाले त्यस क्षेत्रमा सरसफाई गरेको उहाँले बताउनुभयो । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय मकवानपुर र चितवन, जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, वनविज्ञान अध्ययन संस्थान हेटौंडा, बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, चितवन राष्ट्रिय निकुञ्ज, मकवानपुर जिल्ला साइक्लिङ संघलगायतको सहकार्यमा सरसफाइ कार्यक्रम भएको हो ।

हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यमा सुरु भएको सरसफाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको उपस्थिति रहेको थियो ।