कम्बल वितरण गरिँदै ।

हेटौँडाः मध्यजाडो मौसममा विपन्न ५० परिवारलाई कम्बल वितरण गरिएको छ । मकवानपुर जिल्लाको मनहरी र राक्सिराङ गाउँपालिकालाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको चैनपुर जेसीज मनहरीले कम्बल वितरण गरेको हो ।

रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा मनहरी–५ का विपन्न परिवारलाई कम्बल वितरण गरिएको चैनपुर जेसीज मनहरीका अध्यक्ष रविन ढकालले जानकारी दिनुभयो । ढकाल नेतृत्वको समितिले पहिलो कार्यक्रम अन्तर्गत समुदायका दलित, प्रजा र चेपाङ परिवारलाई कम्बल वितरण गरिएको हो । कार्यक्रममा मनहरी–५ का वडा अध्यक्ष दिपेन्द्र अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष राजु अधिकारी लगायतको उपस्थिति रहेकोे अध्यक्ष ढकालले बताउनुभयो ।