प्रतिष्ठान गठनका लागि आयोजित भेला ।

हेटौंडाः हेटौंडा–४, कर्राका स्वर्गीय मोहन बज्राचार्यको स्मृतिमा प्रतिष्ठान समिति गठन भएको छ । मंगलबार बज्राचार्यका छोरा विद्युत बज्राचार्यको अध्यक्षतामा प्रतिष्ठानको समिति गठन भएको हो ।

बज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । नेता, समाजसेवी एवम् चर्चित चिसापानी काण्डका नायक बज्राचार्यको योगदानलाई सम्झँदै प्रतिष्ठान बनाएर अगाडि बढ्ने निर्णय गरेको अध्यक्ष विद्युतले बताउनुभयो । समाजमा चेतना जगाउने, स्वास्थ्य तथा साहित्यको क्षेत्रमा काम गर्ने गरी विधान मस्यौदा गरेर स्मारिका पनि प्रकाशन गर्ने उहाँले बताउनुभयो । समाजसेवी बज्राचार्यको १९७९ पुस १४ गते जन्म भएको थियो भने २०७५ फाल्गुन २२ गते देहावसान भएको थियो ।