हेटौँडाः हेटौँडा–१०, गोरक्षेश्वर धामस्थित संस्कृत वेद विद्यालयका लागि हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगरप्रमुख मीना कुमारी लामाले बुधबार विद्यालयमै पुगेर सहयोगको प्रतिवद्धता जनाउनुभएको हो ।
संस्कृत वेद विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले नातिको जन्मोत्सवको अवसरमा खाना खुवाउनुका साथै बटुकका लागि कपडा दान गर्नुभएको कार्यक्रममा सहभागी नगरप्रमुख लामाले पछिल्लो समय व्यवस्थापन समितिको सक्रियताको प्रशंसा समेत गर्नुभएको छ । कार्यक्रममा वडा अध्यक्ष फूर्वा दोर्जे लामाको पनि आतिथ्य रहेको थियो । विद्यालयको अक्षयकोषका लागि वडा कार्यालयले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
संस्कृत वेद विद्यालयमा २७ जना विद्यार्थी अध्ध्ययनरत छन् । तीन महिनाअघि नयाँ व्यवस्थापन समिति गठनपछि विद्यालयको उचित व्यवस्थापनमा उल्लेख्य कार्य हुँदै आएको छ ।