हेटौंडाः सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपलिका–३ थोक्पा खोलाबाट प्रहरीले गाईको मासुसहित ४ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान १० बजेको समयमा जंगलमा गाई काटेको सुचना प्राप्त भएपछि प्रहरी खटी गई हेर्दा ३० किलो गाईको मासु नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाईको मासुसहित ४ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको प्रहरीले जानकारी दिएको छ ।











