हेटौंडाः हेटौँडा–११, थानाभर्याङ्स्थित नेपाल परिवार नियोजन संघको मकवानपुर जिल्ला शाखा कार्यालयमा भएको पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरमा १७ जनाले सेवा लिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुर र नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको संयुक्त आयोजनामा बिहिबार शिविर भएको हो ।
एक दिने शिविरमा संघले १५ जना पुरुष सहभागी हुने अनुमान गरेको थियो । नेपाल परिवार नियोजन संघ मकवानपुर जिल्ला शाखा कार्यालयका लेखा प्रमुख महेश पाण्डेका अनुसार सन्तानको रहर पुगेका दम्पत्तिले आफ्नो इच्छानुसार स्थायी बन्ध्याकरण गर्न पाउन भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।