हेटौँडाः मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिका–६, गोगनेमा पहिलो पटक रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाइटी गोगने उपशाखाको वार्षिक साधारणसभाको अवसरमा आयोजनामा भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।
उपशाखाका सभापति बच्चुराम ढुंगानाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष रामबहादुर गोङ्बाको पनि आतिथ्य रहेको थियो ।