हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारबाट प्रहरीले १० किलो लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती १० बजेर १५ मिनेटको समयमा मकवानपुरको कैलाश गाउँपालिका–७, शर्सिका २५ वर्षीय हरी प्रजा र १८ वर्षीय प्रस्थान प्रजाको साथबाट गाँजा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
हरी र प्रस्थान सवार बा ४० प ८२७३ नम्बरको मोटरसाइकलले रोकी राखेको ना ४ ख ९४३३ नम्बरको ट्याङकरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनापछि घाइते हरी र प्रस्थानलाई उद्दार गरी उपचारका लागि लैजाने क्रममा प्रहरीले उनिहरुले लिएर आएको दुईवटा झोलाबाट लागुऔषध गाँजा बरामद गरेको हो । घाइते हरी प्रजालाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात प्रहरीसहित थप उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएको र प्रस्थान प्रजालाई नियन्त्रणमा लिएको छ ।