सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–१५ चुरियामाई पिपल चौतारा चेक पोईन्टबाट लागुऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमरा जितपुर उपमहानगरपालिका–२२ का २० वर्षीय आकाश योञ्जन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बुधबार बिहान ११ बजेर ५५ मिनेटको समयमा वीरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–००१ ग ०२८५ नम्बरको माईक्रो बसलाई सुरक्षा जाँच गर्दा माईक्रोमा सवार योञ्जनको साथबाट लागुऔषध नाईट्रोभेट १ पत्ता (१५ ट्याब्लेट) बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध नाईट्रोभेटसहित योञ्जनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जानकारी दिएको छ ।