साङ्केतिक तस्बिर

हेटौंडाः कान्तिलोकपथ सडक खण्डस्थित हेटौंडा–६, न्युरेनिमा सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन । बिहीबार दिउँसो १२ बजेर ३५ मिनेटको समयमा हेटौंडाबाट चौघडा तर्फ जाँदै गरेको ना ५२ प ८०१० नम्बरको मोटरसाइकललाई बिपरति दिशाबाट आउँदै गरेको बा २ झ ३६६३ सरकारी गाडिले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट मोटरसाइकल चालक बारा जिल्लाको कलैया उपमहानगरपालिका–२५, बस्ने ३१ वर्षीय रबि साह र मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय रामेश्वर गिरी घाईते भएका थिए । दुबै जना घातेलाई उपचारको हेटौंडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।