गुगल तस्विर ।

हेटौंडाः सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, शिखरडाँडामा घरायसी विवादका कारण ३२ वर्षीय दावा घिसिङले रड प्रहार गरी बुबाको हत्या गरेका छन् । दावाको आक्रमणबाट बुबा ७२ वर्षीय बुद्धिमान घिसिङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बुधबार घिसिङले घरायसी विवाद हुँदा आफ्नै बुवालाई फलामको रडले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएका थिए । घाइते घिसिङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दावा फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।