हेटौंडाः हेटौंडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा भएको दास्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी कमाने राइडर्सले जितेको छ । आज आइतबार भएको फाइनल खेलमा प्रतियोगिताको साविक विजेतासमेत रहेका कमाने हन्टर्सलाई ९ विकेट हराउँदै राइडर्सले उपाधी जितेको हो ।
टस जितेर ब्याटिङ सुरु गरेको हन्टर्सले १० ओभरमा ८ विकेट गुमाएर ४१ रन मात्र बनायो । ४२ रनको लक्ष्य पाएको राइडर्सले ४ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्यलाई भेट्टायो । राइडर्सका लागि सर्बाधिक रमेश लुइटेलले १७ बलमा ३२ रन बनाए । खेलको म्यान अफ द म्याच लुइटेल घोषित भए । उपाधी विजेता राइडर्सले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हन्टर्सले १५ हजार रुपैयाँमा चित्त बुझाएका छन् ।
आइतबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा कमाने राइडर्स कमाने लाइन्सलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा कमाने हन्टर्सले कमाने टाइगरलाई २३ रनले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।