राप्तीतटमा निर्माण गरिएको छठघाट स्वागतद्वार ।

हेटौंडाः आज आइतबार छठ पर्वको मुख्यदिन अस्ताउँदो सूर्यको पुजा गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्व शुक्रबारबाट सुरु भएको हो । चार दिनसम्म मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्दशीदेखि सुरु भई कात्तिक शुक्ल सप्तमीका दिन समाप्त हुनेछ । चार दिनसम्म मनाइने छठ पर्व यसपालि ३ दिनमानै सकिने भएको छ । तिथी अनुसारले षष्ठी र सप्तमी एकैदिन परेकाले शुक्रबारदेखि सुरु भएको छठ आइतबार सकिनेछ ।

छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीलाई मानिन्छ । छठ पर्वमा सूर्य पूजाको महाअनुष्ठानका लागि हिन्दू धर्मावलम्बीहरु विभिन्न जलाशयका किनारमा सरसफाई गर्दै रंगीचंगी बनाउने गर्दछन् । छठको अन्तिम दुई दिन विभिन्न नदी, खोला, पोखरी, तलाउ छेउमा सजावट गरी ब्रतालुले जलमा उभिएर कार्तिक शुक्ल षष्ठीको दिन अस्ताइरहेको र सप्तमीको बिहान उदाइरहेको प्रकृतिको संरक्षणकर्ता सूर्यदेवलाई अर्घ दिएर समापन गरिने प्रचलन छ ।

षष्ठी तिथिका दिन मनाइने भएकाले यस पर्वको नाम अपभ्रंसित हुँदै छठी, छठ भएको विश्वास छ । छठी (षष्ठी) मातालाई पुकारेर सूर्यको पूजा आराधना गरिने छठ पर्वमा पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ पर्वको अवसरमा हेटौँडाको राप्तीतटमा छठघाट निर्माण गरिएको छ । छठ पुजा गरेको हेर्न आज हजारौं श्रद्धालु भक्तजन राप्तीतट पुग्नेछन् ।