हेटौँडाः बागमती प्रदेश सरकारको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री युवराज दुलालका पीएसओ मृत भेटिएका छन् । मंगलबार बिहान हेटौँडा–११ स्थित वनदेवी मन्दिर नजिकै मन्त्री दुलालका पीएसओ प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनाका सुवेदी धादिङ जिल्लाको खानीखोला प्रहरी कार्यालयमा दरबन्दी भई मन्त्री दुलालको पीएसओको रुपमा कार्यरत थिए । सोमबार साँझ ड्युटी सकेर निस्किएका सुवेदी मंगलबार बिहान सालको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले घटनास्थललाई हेर्दा कुनै किसिमको शंकास्पद संकेत नदेखिएको जानकारी दिनुभएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप स्पष्ट हुने उहाँको भनाइ छ ।