हेटौंडाः नेपालीहरुको प्रमुख चाड दशैँ सकिना साथ हेटौँडा अस्पतालमा बिरामीको चाप बढेको छ । हेटौँडा अस्पतालको ओपिडि सञ्चालनमा आएसँगै उपचारका लागि अस्पताल आउने बिरामीहरुको संख्या बढेको छ ।
दसैँमा हेटौंडा अस्पतालको ओपिडि सेवा कात्तिक ५ गतेदेखि ९ गतेसम्म बन्द रहेको थियो । शुक्रबारबाट सञ्चालनमा आएको ओपिडिमा बिरामीको चाप निक्कै बढेको अस्पतालका डाक्टरहरु बताउँछन् । दसैंको एक साता ओपिडि सेवा बन्द हुँदाको चाप केही दिन कायमै रहने अनुमान गरिएको छ ।