हेटौंडाः मकवानपुर प्रहरीले मंगलबार पनि पटाका नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो ३ बजेर ५० मिनेटकोे समयमा हेटौंडा–१५, पिपलचौतारा नजिक पूर्व–पश्चिम सडकखण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ५२६४ नम्बरको तेलको ट्याङकरलाई सुरक्षाजाँच गर्दा ५ प्याकेट पटाका फेला परेको जनाएको छ । सोमबार मकवानपुर प्रहरीले १६ प्याकेट पटाका नियन्त्रणमा लिएको थियो । तिहार पर्व नजिकिएसँगै पटाका ओसारपसार बढ्न थालेको हो ।











