गुगल तस्बिर ।

हेटौंडाः मंगलबार मकवानपुरमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु हुने ६ जना मध्ये ५ जना हेटौंडा उपमहानगरपालिकाका छन् भने एकजना भीमफेदी गाउँपालिकाका बासिन्दा रहेका छन् । स्वास्थ्य कार्यालयको विवरण अनुसार साउन यता मकवानपुरमा ७ सय १८ जनामा डेंगु भइसकेको छ । जस्मा धेरै हेटौंडा उपमहानगरपालिकाका बासिन्दा रहेका छन् । साउनयता हेटौंडा उपमहानगरपालिकाका मात्र ४ सय ९६ जनामा डेंगु संक्रमित भएका छन् ।