गुगल तस्विर ।

हेटौंडाः हेटौंडाका बैंकमा नयाँ नोट नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने भने तापनि हेटौंडामा यसपालि नयाँ नोट नआएको नेपाल बैंकको हेटौंडा शाखाका प्रमुख तेजप्रसाद नेपालले जानकारी दिनुभयो ।

राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा हुने भनी सुचना जारी गरेको थियो । चाडवाड लागेसँगै बैंकमा भिडभाड बढेको छ । बैंकमा पहिले ४–५ करोड कारोबार हुनेमा अहिले एकै दिन १२ करोड रुपैयाँसम्म बैंकबाट झिकिएको प्रमुख नेपालले बताउनुभयो । नयाँ नोट नेपाल राष्ट्र बैंकले आफैँले वितरण गरेको नेपालले जानकारी दिनुहुँदै राष्ट्र बैंकले काठमाडौं, भरतपुर, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, पोखरा र विरगंजमा सटही सुविधा रहेको छ । अहिले बैंकले सवा २ अर्ब ऋण लगानी गरेको नेपालले बताउनुभयो । बैंकले सुनचाँदी कर्जा, व्यक्तिगत ओडी कर्जा, फर्म, व्यावसायिक कर्जा, औद्योगिक कर्जा वितरण गर्दै आएको छ ।