हेटौँडाः चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा बुधबार पक्राउ परेका हेटौँडा–१२, सिक्रेनीका ३६ वर्षीय सुवास स्याङ्तान बिहिबार हिरासतमुक्त भएका छन् । हेटौँडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा विरामीको उपचार गरिरहेका दुई डाक्टरमाथि सांघातिक आक्रमण गर्ने मध्येका एक स्याङ्तान धरौटीमा रिहा भएका हुन् ।
प्रहरीले स्याङ्तानलाई बुधबार दिउँसो साढे १२ बजेको समयमा हेटौँडा–१०, बसपार्कबाट पक्राउ गरेको जनाएको थियो । पक्राउ परेका स्याङ्तान २ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । प्रहरीले अदातलबाट पक्राउ पुर्जी जारी गरेका १३ जनामध्ये अझै ६ जना फरार छन् ।










