Home मुख्य समाचार चिकित्सकमाथि आक्रमण गर्ने स्याङ्तान धरौटीमा छुटे

चिकित्सकमाथि आक्रमण गर्ने स्याङ्तान धरौटीमा छुटे

सुवास स्याङ्तान

हेटौँडाः चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा बुधबार पक्राउ परेका हेटौँडा–१२, सिक्रेनीका ३६ वर्षीय सुवास स्याङ्तान बिहिबार हिरासतमुक्त भएका छन् । हेटौँडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा विरामीको उपचार गरिरहेका दुई डाक्टरमाथि सांघातिक आक्रमण गर्ने मध्येका एक स्याङ्तान धरौटीमा रिहा भएका हुन् ।

प्रहरीले स्याङ्तानलाई बुधबार दिउँसो साढे १२ बजेको समयमा हेटौँडा–१०, बसपार्कबाट पक्राउ गरेको जनाएको थियो । पक्राउ परेका स्याङ्तान २ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । प्रहरीले अदातलबाट पक्राउ पुर्जी जारी गरेका १३ जनामध्ये अझै ६ जना फरार छन् ।

Exit mobile version