हेटौंडाः प्रतिबन्धित औषधिसहित मकवानपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा कलैयाबाट हेटौंडा आउँदै गरेको ना ४६ प ११३६ नम्बरको मोटरसाइकललाई रोकी सुरक्षाजाँच गर्दा बारा जिल्ला कलैया–११ का राम कुमार यादवलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरी टोलीले यादवको साथबाट जेनेग्रा सय एमजीको २४ पिस, डोमिटेक–५ क्रिम ९ पिस, लवरेट २८ पिस, प्रिग्रोट ६ पिस, युरिका हेल्थअप ५० पिस र जेनेग्रा रेड १०० एमजि १९ पिस फेला पारेको थियो । प्रतिबन्धित औषधिसहित यादवलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।










