उग्रेन रुम्बालाई म्यान अफ द म्याचको ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–६ स्थित गौरिटार रंगशालामा जारी स्व. कृष्णप्रसाद दहाल स्मृति विद्यालयस्तरीय फुटबल प्रतियोगितामा निर्मल मावि सेमीफाइनल प्रवेश गरेको छ । बिहिबार बिहान भएको पहिलो खेलमा हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माविले हेटौँडा–१३ स्थित महेन्द्र माविलाई १–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।

निर्मल माविका लागि पहिलो हाफको इन्जुरी समयमा उग्रेन रुम्बाले निर्णायक गोल गरे । म्यान अफ द म्याच उर्गेन नै घोषित भए । बिहिबार बिहानको दोस्रो खेलमा हेटौँँडा–६ स्थित वंशगोपाल मावि र हेटौँडा–१८ स्थित गोरक्षनाथ माविबीच खेल भइरहेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।