सहकारीका ज्येष्ठ सदस्यलाई सम्मान गर्नुहुँदै नगरप्रमुख मीनाकुमारी लामा ।

हेटौँडाः हेटौँडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

आर्थिक वर्ष २०७९÷८० को अन्तिममा एक करोड ६५ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीले पाँच करोड ३१ लाख रुपैयाँ बचत संकलन गरेको छ भने चार करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । साधारणसभाको अवसरमा असल बचतकर्ता कृष्णविलास खड्का र सविता पौडेल, असल ऋणि मधुसुदन लामिछाने र सीता कार्की, ज्येष्ठ सेयर सदस्य भरतप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । यस्तै सेयर सदस्यको परिवारमध्येबाट एसईईमा उत्कृष्ट नतीजा ल्याउने सुविज्ञा सुवेदी र विश्वास उदासलाई पनि सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा सरस्वती खड्का र सुष्मा भट्टराईलाई सम्मान गरिएको थियोे ।