हस्तलेखन कार्यशालामा सहभागी शिक्षकहरु ।

हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माविका शिक्षकहरु हस्तलेखन कार्यशालामा सहभागी भएका छन् । बुधबार, बिहिबार र शुक्रबार तीनदिनका लागि शिक्षकहरु कार्यशालामा सहभागी छन् । विद्यालयका ४० जना शिक्षक कार्यशालामा सहभागी छन् ।

शिक्षकसँगै विद्यार्थी पनि हस्तलेखन कार्यशालामा सहभागी छन् । विद्यार्थीका लागि गत शुक्रबारदेखि कार्यशाला सुरु गरिएको विद्यालयकी शिक्षक संगीता उप्रेतीले जानकारी दिनुभएको छ । हस्तलेखन कार्यशालामा ७ कक्षादेखि १० कक्षासम्मका नौं सय विद्यार्थी सहभागी छन् । कार्यशालामा अमीर महतको नेतृत्वमा ४ जना प्रशिक्षकले सहजीकरण गरिरहेका छन् । सुन्दर र स्पष्ट हस्ताक्षर प्रभावशाली व्यक्तित्व तथा अभिव्यक्तिका लागि अनिवार्य हुने भएकोले विद्यालयले कार्यशालाको आयोजना गरेको शिक्षक उप्रेती बताउनुहुन्छ ।