हेटौंडाः हेटौंडा अस्पताललाई बुधबार एउटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई एउटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सापकोटाका अनुसार हस्तान्तरण भएको एम्बुलेन्स बागमती प्रदेशसभा सचिवालयमा रहेको थियो । बागमती प्रदेशसभा सचिवालयमा भएको एम्बुलेन्स बुधबार हेटौंडा अस्पतालमा आएपछि सञ्चालनमा आउने डा. सापकोटाले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रम बागमती प्रदेशसभा सचिवालयमा भएको थियो । बागमती प्रदेशसभाबाट ल्याएकोे एम्बुलेन्सले हेटौंडा अस्पतालमा सञ्चालनका लागि हस्तान्तरण भएको हो ।