हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको निःशुल्क आँखा शिविरमा ७५ जनामा मोतिविन्दु पहिचान भएको छ । इन्द्रसरोवर गाउँपालिकामा ३ दिन शिविरको आयोजना गरिएको थियो ।
शिविरको अन्तिम दिन शुक्रबार १ सय ९६ जनाको आँखा परीक्षण गरिएको इन्द्रसरोवर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो । इन्द्रसरोवर गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर भएको हो । मोतिविन्दुका विरामीहरुको इन्द्रसरोवर ग्रामीण आँखा केन्द्रले कुलेखानीमा आज शनिबार निःशुल्क शल्यक्रिया गरिनेछ ।
पहिलो दिन २३ जना, दोस्रो दिन ३१ जना र तेस्रो दिन २१ जनामा मोतिविन्दुको समस्या देखिएको थियो । स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारी पालिकाले अनुमान गरे भन्दा बढी संख्यामा मोतिविन्दुको समस्या पहिचान भएको बताउनुहुन्छ ।