नवनिर्वाचित क्याप्टेन, भाइस–क्याप्टेनहरु ।

हेटौँडाः हेटौंडा–५ स्थित सिद्वार्थ शिशु सदन सेकेण्डरी स्कूलको क्याप्टेनमा छात्रतर्फ कक्षा १० का असिम कुइकेल र छात्रातर्फ कक्षा १० कै प्रशंसा अर्याल चयन भएका छन् । शुक्रबार विद्यालयमा भएको निर्वाचनबाट असिम र प्रशंसा स्कूल क्याप्टेन चयन भएका हुन् । विद्यालयले निर्वाचनबाट स्कुल क्याप्टेनसँगै भाइस–क्याप्टेन, हाउस क्याप्टेन र भाइस–क्याप्टेन पनि चयन गरेको छ । निर्वाचनमा कक्षा ५ देखि १० सम्मका ३ सय ४४ विद्यार्थीले मतदान गरेका थिए ।

स्कुल भाइस–क्याप्टेनमा छात्रतर्फ कक्षा ९ का अग्रिम खड्का र छात्रातर्फ कक्षा ९ कै प्रिती यादव चयन भएकी छिन् । रेड हाउस क्याप्टेनमा कक्षा ९ का शुलभ झा र भाइस–क्याप्टेनमा कक्षा ७ का विश्व बेलवासे चयन भएका छन् । ग्रीनहाउस क्याप्टेनमा कक्षा ८ का आदित्य पराजुली र भाइस–क्याप्टेनमा कक्षा ७ का शिशिर बस्नेत चयन भएका छन् । ब्लु हाउस क्याप्टेनमा कक्षा ९ का प्रमिस गुरुङ र भाइस–क्याप्टेनमा कक्षा ७ का कृतार्थ ढोडारी चयन भएका छन् । यस्तै यल्लो हाउस क्याप्टेनमा कक्षा ८ का शुभम् कार्की र भाइस–क्याप्टेनमा कक्षा ८ कै आशिका ढकाल चयन भएका छन् ।

विद्यार्थीलाई निर्वाचनको प्रक्रियाबारे अभ्यास गराउने र आ–आफ्नो पदमा रही भूमिका निर्वाह गर्ने, जिम्मेवारी बोध गराउने उद्देश्यले निर्वाचन गराएको विद्यालयका शिक्षक सुन्दर लुइटेल बताउनुहुन्छ । निर्वाचन प्रयोजनका लागि विद्यालयले निर्वाचन आयोगको कार्यालयबाटै मतपेटिका, मतदानस्थल निर्माणका लागि आवश्यक सामग्रीहरु ल्याएर प्रयोग गरेको थियो । विद्यार्थीको समग्र विकासका लागि विद्यालयले विविध क्रियाकलाप गर्दै आएको प्रिन्सीपल निर्मल पराजुलीले जानकारी दिनुभएको छ ।