गुगल तस्विर ।

हेटौँडाः दोलखा जिल्लाको जिरी नगरपालिका–८, फोक्सेखोलामा निर्माणाधिन खिम्तीखोला जलविद्युत आयोजना–२ को सुरुङभित्र काम गर्ने क्रममा ढुंगामाटो खसेर पुरिँदा एकजनाको मृत्यु भएको छ ।

मजदुरी काम गर्ने रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–३, रस्नालुका ३६ वर्षीय आङकाजी शेर्पाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । आइतबार दिउँसो १ बजेर २० मिनेटको समयमा शेर्पाको मृत्यु भएको हो ।