हेटौंडाः मकवानपुर जिल्लाका विद्यालयस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार मकवानपुर जिल्ला फुटबल संघले सूचना जारी गर्दै आगामी असोज १९ गतेदेखि हेटौंडामा विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने जानकारी दिएको हो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने विद्यालयस्तरीय फुटबल प्रतियोगितामा सहभागिताको लागि संघले सूचना जारी गरेको छ । प्रतियोगितामा सहभागी हुने जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत विद्यार्थी हुनुपर्नेछ । विद्यार्थीको जन्ममिति २०६४ वैशाख १ गतेपछिको हुनुपर्ने र टिम दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्ने मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो ।
खेल तालिका आगामी असोज १७ गते सार्वजनिक गरिने महासचिव सुवेदीले बताउनुभयो । प्रतियोगितामा उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ठ खेलाडीहरुले समेत विशेष पुरस्कार प्राप्त गर्नेछन् ।