नियन्त्रण्मा लिएको गाँजा, ट्रकसहित भारतिय २ जनालाई पत्रकार सम्मेलन गरि जनाकारी गराउँदै सशस्त्र प्रहरी बल, १४ नम्बर गण हेडक्वाटर मकवानपुरका प्रहरी नायव उपरिक्षक अनिल कार्की

हेटौंडाः सशस्त्र प्रहरी बल, नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरले झण्डै एक हजार किलो लागु औषध गाँजा, कन्टेनर ट्रकसहित २ जना भारतियलाई पक्राउ गरेको छ । आइतबार बिहान ४ बजेर ३० मिनेटको समयमा हेटौंडा उपमहानगरपालिका–१०, पुर्व–पश्चिम लोकमार्गमा स्थित बसपार्कबाट सशस्त्र प्रहरीले ९ सय १९ किलो ३ सय २४ ग्राम लागुऔषध गाँजा, कन्टेनर ट्रकसहित २ जना भारतियलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल, १४ नम्बर गण हेडक्वाटर मकवानपुरका प्रहरी नायव उपरिक्षक अनिल कार्कीले बताउनुभयो ।

मकवानपुर सशस्त्र प्रहरी बल, नेपाल १४ नम्बर गण हेडक्वाटका सुमन ठकुरीको कमाण्डमा खटिएको ७ जनाको टोलिले चितवको खुरखुरेबाट वीरगज तर्फ जान आएको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरबाट गाँजा बरामद गरेको हो । ट्रकको सुरक्षजाँच गर्दा कन्टेनरको ड्राईभर पट्टीको भित्तामा २ फिटको फल्स बटम बनाई लागुऔषध गाँजा ल्याएको अवस्थामा फेला पारेको हो । प्रहरीले चालक भारत बलरामपुर जिल्लाको बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सह चालक सोही स्थानका ३६ वर्षीय योगेश वर्मालाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट नेपाली ५ हजार ७ सय रुपैयाँ र भारतिय ८ हजार ६ सय ३० रुपैयाँ सहित ३ वटा मोबाइल फोन समेत बरामद गरेको छ ।