हेटौँडाः थाहा नगरपालिका–९ टाँकाटारमा एक जना पुरुष मृत फेला परेका छन । मृत फेला पर्नेमा ५६ वर्षीय रामभक्त बस्नेत रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शुक्रबार बेलुका ८ बजेको समयमा घर देखी १ सय मिटर दक्षिण तर्फ रहेको बारीमा बस्नेत मृत अवस्थामा फेला परेका थिए ।











