खेल सामग्री हस्तान्तरण गरिदै ।

हेटौँडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले बिहिबार क्लबका पदाधिकारी र खेलाडीहरुको उपस्थितिमा हेटौंडा–१७, हटियामा रहेको निर्माणाधिन नेपालचौर भलिबल रंगशालामा पुगी नियमित प्रशिक्षणका लागि भलिवल र नेट हस्तान्तरण गरिएको छ । हटिया स्पोर्ट्सको चाँडै हुन लागेको जिल्लास्तरिय भलिबल प्रतियोगितामा प्रथम तथा द्वितीय हुनेलाई ट्रफिसहित खेलकुद सामग्री उपलब्ध गराउने प्रतिबद्धता जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष वेश खड्कीले बताउनु भएको छ ।

कार्यक्रममा हटिया स्पोर्ट्स एकेडेमीका अध्यक्ष छवि सुवेदी, जिल्ला खेलकुद बिकास समितिका सदस्य आलोक स्याङ्तान, हटिया स्पोर्ट्स एकेडेमीका बरिष्ट उपाध्यक्ष त्रिबिक्रम रुपाखेती, उपाध्यक्ष कमल बिडारी, करातेका प्रशिक्षक सबिन ब्लोन, भलिवलका प्रशिक्षक ईश्वर छत्कुली, पन्चकन्या युवा क्लव हेटौंडा १७ का अध्यक्ष सुरज भुजेल लगायत खेलाडिहरुको उपस्थिति रहेको थियो । यसरी कोर्टमै आएर खेलकुद सामग्री वितरण गर्ने जिल्ला खेलकुद विकास समितिको अध्यक्ष लगायत टिमप्रति एकेडेमी परिवारले धन्यवाद ज्ञापन गरेको छ ।