प्रदेश प्रमुखलाई प्रतिवेदन पेश गरिँदै ।

हेटौँडाः बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।

प्रदेश प्रमुख शर्मा समक्ष आर्थिक वर्ष २०७९/८० मा मुख्य न्यायाधिवक्ताको कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन पेश गरिएको हो । मुख्य न्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारवाहीहरु समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख शर्माले मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सरकारको प्रतिरक्षाका लागि गरिएको कामकारवाहीको प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्यन्यायधिवक्ता कार्यालय लागीपर्ने विश्वास व्यक्त गर्नुभयो ।