नियमित खोप कार्यक्रममा बच्चालाई खोप लगाउन आएकी एक महिला ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको २ वटा वडामा आज खोप कार्यक्रम हुँदैछ । आज आइतबार मनहरी गाउँपालिकाको वडा नम्बर ३ र ६ मा खोप कार्यक्रम सञ्चालन भैरहेको छ । मनहरीमा नियमित खोप कार्यक्रम जेठ ७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ । २ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि लगाइने नियमित खोप सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख टिकाराम अधिकारीले बताउनुभयो ।

नियमित खोप कार्यक्रममा बीसीजी, डीपीटी र हेपाटाइटीस बी, पीसीभी, एफआइपीभी, दादुरा÷रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस र टिडी गरी ८ प्रकारका खोप बालबालिकाको उमेर अनुसार लगाइन्छ । हालसम्म मनहरी गाउँपालिकाको वडा नम्बर १ मा मात्र खोप कार्यक्रम सकिएको छ । अब वडा नम्बर ४, ५, ७, ८ ९ मा जेठ २४ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।