सहभागी हुने खेलाडीको तस्वीर ।

हेटौंडाः ललितपुरको चापागाउँमा बिहिबारदेखि सुरु हुने राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा मकवानपुरका १५ जना खेलाडी सहभागी हुने भएका छन् । गणेशमान सिंहको स्मृतिमा हुन लागेको पाँचौं खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा बकैया गाउँपालिकाका १५ जना खेलाडी सहभागी हुने भएका हुन् ।

राष्ट्रिय टिममा छनोट भएकोमा खुशी व्यक्त गर्दै अनुशासनको पालना गर्ने खेलाडीहरुको भनाइ छ । छनोट भएका खेलाडीहरु बुधबार ललितपुर जाँदै छन् । प्रतियोगितामा सातै प्रदेशबाट छनोट भएका खेलाडी तथा आर्मी, पुलिसका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने नेपाल किक बक्सिङ एसोसिएसन मकवानपुरका अध्यक्ष नेत्रप्रसाद राईले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले ३० हजार, १५ हजार र ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।