हेटौँडाः बागमती प्रदेश सभा बैठक सोमबार पनि बस्न सकेन । गत असार २१ गते चालु आर्थिक वर्षको बजेट पारित गरेर अनिश्चितकालका लागि स्थगित गरिएको बैठक सोमबारका लागि बोलाइएको थियो । प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण बैठक बस्न नसकेको हो ।
प्रतिपक्षी दललाई बजेट निर्माणको क्रममा ४५ करोड दिने निर्णय भएको थियो । बजेट रकमान्तर गर्न माग गर्दै एमालेले सोमबारको बैठक प्रभावित भएको हो । विगतमा भएको सम्झौता लागु गर्नुपर्ने माग राख्दै एमालेले बैठकमा अवरोध गरेको एमालेका सचेतक मधुसुदन पौडेलले जानकारी दिनुभएको छ । मंगलबार विषयत समितिको बैठक हुने र बुधबारका लागि प्रदेश सभा बैठक बोलाइएको बागमती प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ ।