गुगल तस्विर

हेटौँडाः पछिलो २४ घण्टामा मकवानपुरमा ९ जना डेंगु पुष्टि भएको छ । मंगलबार स्वास्थ्य कार्यालय मकवानपुरले सार्वाजनिक गरेको विवरण अनुसार डेंगु पुष्टि हुनेमा ३ जना हेटौँडा उपमहानगरपालिकाका रहेका छन् ।

मंगलबार मनहरी गाँउपालिकाका ५ जना र भीमफेदी गाउँपालिकाका एकजना गरी ९ जनामा डेंगु पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका डेंगु फोकल पर्सन नवदीप सिलवालले बताउनुभयो । जिल्लाभर साउन महिनादेखि मंगलबारसम्म २ सय ९२ जनामा डेंगु पुष्टि भएको छ ।