गुगल तस्विर ।

हेटौँडाः जिल्ला कारागार रामेछापमा एकजना कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणीको मुद्दामा जन्मकैद सजाय भोगिरहेका रामेछाप जिल्लाकै उमाकुण्ड गाउँपालिका–६, रोटेका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको सोमबार बिहान मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

२०७७ साल असार २८ गतेदेखि रामेछाप कारागारमा कैद सजाय भोगिरहेका श्रेष्ठ पहिलेबाट प्यारालाईसिस र उच्च रक्तचापको औषधी सेवन गर्दै आएका थिए । सोमबार बिहान साढे ५ बजेको समयमा बाथरुममा लडेर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल रामेछापडाँडा लगिएको थियो । उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।