हेटौँडाः मकवानपुरका वनरक्षक यादविन्द्र पौड्यालले एक लाख राशीसहित गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । वनको संरक्षण, सम्वद्र्धन, दीगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको बताइएको छ ।
डिभिजन वन कार्यालय मकवानपुरमा सशस्त्र वनरक्षकको रुपमा कार्यरत पौड्याललाई वन तथा भू–संरक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा बिहीबार संघीय सरकारको वन तथा वातावरण मन्त्री डा. बीरेन्द्रप्रसाद महतोले पुरस्कार हस्तान्तरण गर्नुभयो । सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, विभागका महानिर्देशक शिवकुमार वाग्लेको पनि उपस्थिति रहेको थियो ।