हुप्रचौरमा टेबलटेनिस खेल्दै । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा आगामी शुक्रबार र शनिबार जिल्लास्तरीय टेबुल टेनिस प्रतियोगिता हुने भएको छ । नेकपा एमाले निकट खेलकुद महासंघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता हेटौँडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने महासंघ मकवानपुरका सचिव संगीत श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार रुपैयाँ र द्वितीय हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा जिल्लाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।